Saturday, April 18, 2015

काङ्ग्रेसः हिजाेअाज र नँया शक्ति

केशवचन्द्र बगाले
काङ्ग्रेसकाे शाब्दिक अर्थ सभा हुन्छ। अमेरिका लगाएत धेरै देशमा प्रतिनिधिसभालाई काङ्ग्रेस भनिन्छ। भारतको संविधान निर्माणताका पनि भारतीय लाेकसभालाई काङ्ग्रेस भन्ने कि भनेर बहश चलेकाे थियाे। अाफ्नाे पार्टीको नामै फेर्नुपर्ने स्थिति खाएपछि नेहरूले चलाखिपूर्ण रूपमा यस बहशलाई मन्थन पारे। वास्तवमा भारतीय काङ्ग्रेसको स्थापना एक राजनैतिक दलकाे रूपमा नभई स्वतन्त्रता संग्रामका तमाम बिचारधारामा अावद्धहरूकाे साझा सभास्थलका रूपमा भएकाे थियाे। समयसँगै एकएक गरि यि बिचारधारा काङ्ग्रेसबाट बाहिरिदैगए। यसकाे चर्चा अर्काे कुनै बल्गमा गराैँला। यसैबाट प्रभावित भएर नेपालमा राणाशाहीबाट मुक्तहुने अभिलाषाका साथ विपि काेईरालाहरूकाे नेतृत्वमा तत्कालीन प्रजा परिषदका नेता टङ्कप्रसाद अाचार्य (जाे काठमाडौंमा जेलमा थिए)लाई सभापति थापना राखेर २००३ सालमा भारतमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना,  गरियाे। जुन पछि नेपाल प्रजातान्त्रवादी काङ्ग्रेससँग एकिकरण गरेर नेपाली काङ्ग्रेस ( नेका) बन्याे २००६ सालमा।
तत्कालीन नेकाकाे समकालीन समाजलाई हेर्ने अार्थिक, सामाजिक तथा राजनैतिक बिचारधारा प्रष्ट थिएन। अझ भनाैँ यसका संस्थापकलाई नेपालकाे सामाजिक संरचनाकाे बारेमा गहिराे ज्ञान थिएन। नेपालमा राणा शासन हटाएपछिकाे राजनैतिक संरचना कस्ताे हुनुपर्छ, कुन शासकीय स्वरूपमा देशलाई चलाउने लगाएत तमाम मुद्दा बहश हुनै बाँकी थियो। विपिहरूमा केही समय भारतीय क्रान्तिकारी संगठनमा काम गरेकाे छाप तथा लाेहिया जयप्रकाश सँगकाे संगतले गर्दा समाजवादी चेतना भएतापनि अन्य सदस्यमा त्याे ज्ञान थिएन। र पछि राणा शासन पतन पछि तिनीहरू दरबारसँग टासिन जानुकाे कारण त्यही हाे ।
नेकाले प्रजातान्त्रिक समाजवाद अाफ्नाे संस्थापनाकाे ८ वर्षपछि २०१२ सालमा विरगन्जमा महाधिवेशन पछि मात्र पार्टीकाे सिद्धान्तका रूपमा राखेकाे हाे जुन हाल खुल्ला अार्थिक नितिकाे चरम अवस्थासम्म पनि अाश्चर्यजनक रूपमा कायम छ। यही सिद्धान्तमा टेकेर २०१५ सालकाे पहिलाे अामनिर्वाचन नेकाले भारी बहुमतका साथ जित्यो। तत्कालिन चुनावकाे घाेषणापत्र पढ्ने हालका अाफूलाई काङ्ग्रेसको ठेकेदार ठान्ने नवपुस्ताले जिब्राे टाेक्न सक्छन्। तमाम अार्थिक, सामाजिक तथा सांस्कृतिक सुधारकाे परिकल्पना उक्त घाेषणापत्रमा थियाे जसकाे चर्चा हिजाेअाज गर्याे भने काङ्ग्रेसी नदेखिने खतरा रहन्छ।
विपि जनताका तमाम समस्यासँग निकट रहन चहान्थे। जबसम्म विपि जिवित रहे उनले अन्तर्वाता दिए। लेख लेखे । पुस्तक लेखे। समाजलाई बहशकाे बिषय दिए। दरवारिया र कथित कम्युनिस्टहरू केबल प्रतिक्रिया दिन्थे।"" अाजकाे अवस्था कस्ताे छ जगजाहेर छ। सुधारकाे लागि अनशन बस्ने मरेपनि हुने जस्ता अभिव्यत्ति दिन पनि पछि नपर्ने नेतृत्व छ। प्रतिक्रियावादीकाे दलदलमा भासिँदैछ सम्पूर्ण संगठन । थारूलाई महामन्त्री बनाउन सहाश राख्ने नेतृत्व अाज गुटगत राजनितिमा कता हरायाे काङ्ग्रेसी भन्नेले नै खाेजुन्।
समय परिवर्तनशिल हुन्छ। हुनुपनि पर्छ। समयसँगै चल्नुपनि पर्छ। तर समयसँग चल्ने नाममा सिद्धान्तलाई नै बिर्सने अवस्थाले पहिचानको संकट ल्याउँछ । ०४६ पछिकाे समय त्यसरी के परिवर्तन भयाे कुन्नि जसले अादर्श लाग्ने युवा नेताहरू भ्रष्टाचारकाे दलदलमा परिवर्तन भए। समयले पार्टीमा गुण्डाराज त चाहेकाे थिएन हाेला। कथित चुनावी व्यावहारिक राजनितिकाे नाममा गुण्डाराज गर्नु नेता हुनु हाे हिजाेअाज।
०४६ पछिका काङ्ग्रेसी सरकारकाे असफलताकाे परिणाम कथित माअाेवादी उत्पात देशले भाेग्नुपर्याे। जनजिविकाका तमाम मुद्धा माअाेवादीले कतिबेला अाफ्नाे बनाए काङ्ग्रेसीलाई पत्तै भएन। जनजिविकाका मुद्धा लिएर माअाेवादी उदय हुदाँ नेका संसद किनबेचकाे खेलमा मस्त निदायाे। जनता काङ्ग्रेसबाट टाढिए। परिणाम ०५६ मा दुईतिहाई भएकाे पार्टीले करिव ३५ सिटमा मात्र अाफूलाई सुरक्षित गर्नसक्याे ०६४मा । भलै अाज प्रथम शक्ति त छ तर अाफ्नाे प्रभावले भन्दा माअाेवादीकाे विफलताकाे लाभले गर्दा।
हिजाेअाज नँया शक्तिको परिकल्पना गरिदैछ। त्याे नँया शक्तिको राजनैतिक तथा बैचारिक खाँका प्रष्ट त भईसकेको छैन। तर त्याे नँया शक्ति प्रजातन्त्रवादीहरूबाटै जन्मने छ जुन नेकाकाे जनधार हाे ।
नेका अाफ्नै ईतिहासबाट धेरै टाढा भईसकेकाे छ। वामपन्थबाट दक्षिणपन्थकाे यात्रामा तिव्र  गतिले दैडिदैछ। सामान्य कलेज कमिटी देखि केन्द्रीय समिति कर्मकाण्डीय छ। यसमा जनताका सबालमा छलफल हुदैन। र भन्नै पर्नेहुन्छ जुन शक्ति जनताका जनजिविकालाई लिएर भन्दापनि केवल अान्तरिक राजनितिमा रूमलिन्छ अाखिर किन जनताले सधै सहयोग गर्नु पर्यो। भदौ महाधिवेशनमा प्रदिप गिरिहरूले जतिसुकै चिच्याएपनि केवल गुटगत चुनाव बाहेक केही हुनेछैन। के अब काङ्ग्रेसीकाे परिवर्तन सम्भव छ? म भन्छु छैन। जनताले अवश्य विकल्प खाेज्नेछन् ।

Tuesday, February 17, 2015

मेरो मित्रलाई सम्बोधन (कविता)

पहाडको टुप्पो चढेर
न मलाई आफू हुनुको
अस्तित्वमा शङ्खनाद गर्नुछ 
बरु मा यी खोचहरुमा नै रुमलिएर
ढिस्काहरु सम्माउदै
एउटा रातो गुलाफ फुलाउनुछ
म रहु नरहू
सुबाश दियोस् प्रेमको
एक साझ सराबीयर
तिमीले भन्यौ
म
घमण्डको पहाड चड्दा चड्दै
चिप्लिए
खोल्सामा कहिल्लै नउठ्ने गरेर
तर मेरो प्यारो मित्र
मैले सराबलाई कहिल्लै
लहडिएर अमृत भनिन
कसैको इशारामा
धपक्कै कालो औषीको रातमा
चन्द्रमा देखेको फुर्ति लगाईन
तिम्रो नपाईमा
अलिकति छोटो भएछु
मेरो प्यारो मित्र
मलाई पहाडको टुप्पो चढेर
आफ़ुहुनुको अस्तित्वमा शङ्खनाद गर्नुछैन

Sunday, February 1, 2015

दिल्ली चुनाव र नेपाल














केशव चन्द्र बगाले
@kesubagale


यो आलेख तयार गर्नुभन्दा एकदिन अगाडि मैले प्रतिकृया बुझ्नका लागि ‘भोलि दिल्ली चुनाव र यसको नेपाल प्रभाव‘ भन्ने विषयमा एउटा ब्लग लेख्छु भनेर टुईट गरेको थिए । सायद फलोस् सङ्ख्या निउन भएर होला जम्मा दुईवटा प्रतिकृया आयो। एकजनाले लिङ्क मागे। अर्काले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात‘ भनेर लेख्ए। एउटा कुरो साँचो हो कि वास्तवमा नै दिल्ली चुनाव कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो, किनभने यसले भारतको केन्द्रीय राज्य सत्तामा कुनै परिवर्तन गर्दौन जसरी लोकसभा चुनावले परिवर्तन गर्यो। दिल्ली चुनावले मात्र अर्धराज्य मान्यता प्राप्त दिल्ली राज्यलाई सरकार दिनेछ। भरतको संविधान अनुसार राज्य सरकारसँग कुटनैतिक अधिकार हुदैन। मतलब कुनै प्रतक्ष प्रभाव नेपालमा दिल्ली चुनावको नतिजाले पार्नेछैन।
मैले लेखको सुरुवात नै कुनै प्रभाव नपर्नेबाट गरेँ। तर प्रतक्ष प्रभाप नपरे पनि यसबाट हामी प्रभावित हुनसक्नेछौँ यो चाहिँ सत्य हो। २०१३ को दिल्ली बिधानसभाको चुनावको नतिजा पछि नेपाली सञ्चार जगतमा एउटा पात्र खुब चर्चामा आए। ति थिए अर्विन्द केजरिवाल। यिनीबाट नेपालको राजनिति पनि प्रभावित हुनुपर्छ भनेर आलेख छापामा छापिए। नेपाली राजनितिका एकमात्र जिवित वुद्विमान नेता ठानिएका (?) बाबुराम भट्टराईले त उत्साहित हुदैँ अब नँया शक्ति बनाउँछु भनेर प्रचारवाजी नै मारे। २०१४ को लोकसभा चुनावसँगै यी पात्र नेपाली सञ्चारजगतबाट हठात हराए। बबुरामलाई त अब मतलब हुने कुरै भएन, बालुवा पेलेर तेल निकाल्ने महान अभियानमा जो समाहित छन्। आखिर को हुन् त यी अर्विन्द केजरिवाल? मोदी लहरमा लहरिदै गरेको भारतमा यसको वेगलाई थेग्न कताबाट आए यिनी?
४९ दिन दिल्लीमा मुख्यमन्त्री भएका केजरिवाल रनजनीतिज्ञ भन्दाबडी सामाजिक अभियान्ता हुन्। २००६को रामोन मागेसासे पुरस्कार पाएका केजरिवालले भारतमा ‘सुचनाको हक‘ संथापना गर्न महत्वपूर्ण योगदान गरेका थिए। यी तिनै पात्र हुन् जसको जोडबलमा २०१० मा अन्ना हजारेको लोकपाल आन्दोलन चलेको थियो। भलै उनले चाहेको जस्तो लोकपाल त आएन तर १० बर्षे काङ्ग्रेस सरकार नराम्ररी हल्लियो। १५ वर्ष देखिको शीला दिक्षितको एकल राज दिल्लीबाट ढल्यो। मध्ययम कदका यी हामी जस्तै सामान्य व्यक्ति लाग्छन्। कुनै पनि दृष्टीबाट नेता लाग्दैनन्। भष्ट्रचारको विरूद्व लड्दालड्दै यिनी नेता भए। २०१२मा अन्ना आन्दोलनका केही हस्तीहरूलाई समाहित गर्दै आम आदमी पार्टी (आप) बनाए। सबैलाई आश्चर्य पार्दै दिल्ली बिधानसभामा २८ सिट ल्याए।
आम आदमी पार्टीले परम्परागत राजनीतिलाई धक्का दिएको छ। यसमा आउँने हरेक चन्दा पारदर्शी हुन्छ। रोचक त के लाग्छ भने चुनावलाई लाग्ने निस्चित खर्च चन्दाबाट उठेपछि यसले चन्दा सँकलन बन्द गर्छ। इस पार्टीलाई चन्दा दिन सेतो पैसा हुनुपर्छ। पmौजदारी अभीयोग नलागेका मात्र यो पार्टीबाट चुनाव उठ्न पाउछन्। ८० % यस्तो अभियोगमा अदालत धाउने नेता भएको भारतमा यो नियम दुर्लभ हो। अनौठो के लाग्छ भने चुनावी घोषणपत्र ससाना सभाबाट उठेका मुद्धालाई समेटेर घोषण गरिन्छ। भनिन्छ ४९ दिने सरकारको समयमा ईतिहासका नै पहिलो पटक दिल्लीमा भष्ट्रचार शुन्यमा झरेको थियो। केजरिवालको जवर्जस्त प्रभावले गर्दा मोदीको भरमा ४ ओटा चुनाव लडेको भाजपाले मुख्यमन्त्रीको उमेद्वार घोषणा गर्नुपर्यो त्यो पनि आफ्नो पार्टीमा नेतै नभएर बाहिरबाट किरण बेदी।
हलको दिल्ली र हाम्रो अवस्था उस्तै छ। भष्ट्रचार राज्यका हरेक अंगमा छ। राजनीतिको अपराधीकरण भयो कि अपराधको राजनीनिकरण छुट्टाउँन मुस्किल छ। पर्टीहरु पारदर्शी छैनन्। पार्टीका युवा तथा बिद्मार्थी भातृसंगठन डन उत्पादन गर्ने कारखाना भएका छन्। सबै पार्टी सुधार्न नै नसक्ने गरी बिटुलिएका छन् बिग्रेका छन् । सुधार्न खोज्ने व्यक्ति की उपहासको पात्र बनाईन्छ कि राजनैतिक मूलप्रभाबाटै गायब । यस्तो अवस्थामा हाल रहेका पार्टीबाट देश समुन्नत बनाउँछु भन्नु कोरा कल्पना मात्र होला । हरेक कुरामा भारतीय फोटोकपी गर्ने हामी किन राजनीतिमा पनि सकारात्मक पाटोलाई फोटोकपि नगर्ने?

Friday, January 30, 2015

साला झ्याला (कबिता)

(करिब ४ वर्ष पुरानो कबिता आज पनि सन्दर्भक लग्यो र यता हाले )

साला झ्याल प्रशुती बेथा लागेर थाकेको
आईमाई जस्तो
चाउँरीएका गालामा निर्जिव मुस्कानका 
गुलाब फुलाउँने थोत्रो बुडा जस्तो
चोइटीएको मकाएको
साला झ्याल

आफुलाई सर्वाङ्ग नङ्गाएर
तुफानी वेगमा हावा छिराउँने
साला झ्याल
चोइटीएको मकाएको 
थोत्रीएको
साला झ्याल

Tuesday, July 29, 2014

बिर्सिएको एउटा पाटो : कृषि

s]zjrG› aufn]


विकासे योजनाका कागजमा ‘कृषि’ हराभरा फल्न थालेको आधा शताब्दी बितिसक्यो ।  हरेक योजना, नीति, कार्यक्रममा नथा प्राथमिकतामा परेता पनि यो शब्दले हिजोआज आकर्षण बोक्दैन, यसको ओज तथा ताप मलिन छ । समाज यस्तो बन्दैछ मानौ यरिवर्तन कृषि पेशा सगँको सम्बन्धविक्षत गर्नु हो र सम्पूर्ण शक्तिका साथ यसबाट टाडा भाग्ने प्रयत्न गर्नु हो । समाज यो सोच्दछ शिक्षाको प्रमुख उद्देश्य आफ्ना बालबालिकालाई कृषि पेशाबाट मुक्ति दिनु हो । र त केटाकेटी नपढ्दा बाआमा ‘पढ् नत्र हली होलास्’ भनेर तर्साउछन् । हाम्रो यही सोचको नतिजा आज युवा कृषिलाई हेयको दृष्टिले हेर्दछ । परिणाम करिव १२०० का दरले युवा जनशक्ति त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका माध्यमबाट खाडी भासिन्छन् , अवैधानिक रूपमा विदेशीने र भारत पलाएन हुनेको सरकार तथ्याङ्ख राख्ने आवश्कता देख्दैन । हाम्रो हृदय तब चुडिन्छ जब तीन जानाका दरले दैनिक यसरी विदेशीएका युवा लाश बनेर देश भित्रिन्छन् । अपवादका रूपमा केही जिल्लामा उत्साहित शिक्षित युवाहरू किसान बन्न नतम्सेका होइनन् तर यो सङ्ख्या अत्यन्त कम छ । भलै यसलाई केही सकारात्मक मान्न सकिएला तर यसले बिध्यमान अवस्थामा केही फ्mरक पार्दैन ।

हाम्रा नीति निर्माताले कृषिलाई राष्ट्रिय उत्पादनको प्रमुख स्रोत त भने तर बदलिदो अर्थराजनैतिक वातावरणमा यसलाई अलयत्र रूपमा छाडिदिए ।
विश्व बैंकको दवाव र विश्व राजनैतिक अथलपूथलले गर्दा ०४६ तिर सूरू भएको खुल्ला अर्थ नीतिले सञ्चार, शिक्षा, स्वास्थ्य लगाएतको क्षेत्रमा त सकारात्मक प्रभाव पा¥यो तर कृषि क्षेत्रलाई पछाडि छाडिदियो । कृषिमा दिइएको अनुदानलाई हटाउँनु दुरभाग्य थियो जसले कृषिलाई टुहुरो बनाइदियो । ०६२÷०६३ पछिको परिवर्तन पछि अनुदान दिने चलन त बसालियो तर यो कनिका छरेको जस्तो छ । दुरदराजका किसानलनई पत्तै हुदैन । गलत शिक्षा नीतिले गर्दा सामाजिक रूपमा त कृषि अप्हेलित भयो नै साथसाथै राज्यको अनुदार रबैयाले गर्दा कृषि छायाँमा प¥यो । ५० को दशक तिर वजनदार मानिने कृषि मन्त्र।लय आज सरकार निर्माणको क्रममा चर्चा योग्ए पनि भएन ।

नीति निर्माताको आँखाले हरियोपरियो नदेखेपनि जनस्थरबाट कृषिमा परिवर्तन हुदैछ । धिमा गतिमा सही तराईका किसान यान्त्रिकरणा तिर जादै छन् । पहाड तिर तरकारी खेतीले केही आशाका किरण देखाउदैछ ।  राज्यले किसानलाई थोरै टेवा दिने हो भने अवश्य केही सकारात्मक लक्ष्यण देखिने छ । माध्यमिक शिक्षामा केही जिल्लामा कृषि विषय यही साल देखी समावेश गरीएको छ । आशा राख्यौ सरकारका अन्य परियोजना जस्तै यो असफ्mल नहोस् ।

खेतीकिसानीलाई आर्थिक बिकासको मूल अभियानमा समेट्दै कृषिलाई अन्य पेशा जस्तै सम्मानित गराउँनु आजको आवश्यकता हो । कम्तिमा जताततै असफ्mलता हात लागेपछि अन्तिम विकल्पका रूपमा कृषि अपनाउने परिस्थिति नबनोस् । यसका लागि कृषिसगँ सम्बन्धित साँस्कृतिक पाटाहरूलाई संरक्षण गर्दै यसलाई नाफ्mामुलक व्यवसायका रूपमा ग्रहण गर्ने वातावरण बनाउँनु सम्पूर्ण नीतिनिर्माता तथा कृषि विज्ञको दाहित्व हो । स्थानिय ठाउँमा उपल्वध परम्परागत प्रबिधीलाई परिस्कृत गर्दै जनसहभागितामा कार्यक्रम तर्जुमा गरिनुपर्दछ । योजना आयोगमा विदेशी परामर्शदाता तथा केही विज्ञबाट बनाइएको योजनाको असफ्mलताबाट अवपनि पाठ नसिक्नु मूर्खता हुनेछ । यस्ता योजनाले स्थानिय जनताको आवश्कता भन्दा पनि विदेशी दार्तीनिकायको स्वार्थ पूति गरे । लादिएको कार्यक्रममा जनताको अपनत्व भएन र कार्यक्रमको अवधिसँगै आयोजना पनि हराए । विज्ञ र जनसहभागिताको माध्यमबाट स्थानिय ठाउँको विकासको योजना बनाउँदा समस्या समाधान गर्न सहज हुन्छ ।