Tuesday, February 17, 2015

मेरो मित्रलाई सम्बोधन (कविता)

पहाडको टुप्पो चढेर
न मलाई आफू हुनुको
अस्तित्वमा शङ्खनाद गर्नुछ 
बरु मा यी खोचहरुमा नै रुमलिएर
ढिस्काहरु सम्माउदै
एउटा रातो गुलाफ फुलाउनुछ
म रहु नरहू
सुबाश दियोस् प्रेमको
एक साझ सराबीयर
तिमीले भन्यौ
म
घमण्डको पहाड चड्दा चड्दै
चिप्लिए
खोल्सामा कहिल्लै नउठ्ने गरेर
तर मेरो प्यारो मित्र
मैले सराबलाई कहिल्लै
लहडिएर अमृत भनिन
कसैको इशारामा
धपक्कै कालो औषीको रातमा
चन्द्रमा देखेको फुर्ति लगाईन
तिम्रो नपाईमा
अलिकति छोटो भएछु
मेरो प्यारो मित्र
मलाई पहाडको टुप्पो चढेर
आफ़ुहुनुको अस्तित्वमा शङ्खनाद गर्नुछैन

Sunday, February 1, 2015

दिल्ली चुनाव र नेपाल














केशव चन्द्र बगाले
@kesubagale


यो आलेख तयार गर्नुभन्दा एकदिन अगाडि मैले प्रतिकृया बुझ्नका लागि ‘भोलि दिल्ली चुनाव र यसको नेपाल प्रभाव‘ भन्ने विषयमा एउटा ब्लग लेख्छु भनेर टुईट गरेको थिए । सायद फलोस् सङ्ख्या निउन भएर होला जम्मा दुईवटा प्रतिकृया आयो। एकजनाले लिङ्क मागे। अर्काले ‘कागलाई बेल पाक्यो हर्ष न बिस्मात‘ भनेर लेख्ए। एउटा कुरो साँचो हो कि वास्तवमा नै दिल्ली चुनाव कागलाई बेल पाक्यो हर्ष न बिस्मात नै हो, किनभने यसले भारतको केन्द्रीय राज्य सत्तामा कुनै परिवर्तन गर्दौन जसरी लोकसभा चुनावले परिवर्तन गर्यो। दिल्ली चुनावले मात्र अर्धराज्य मान्यता प्राप्त दिल्ली राज्यलाई सरकार दिनेछ। भरतको संविधान अनुसार राज्य सरकारसँग कुटनैतिक अधिकार हुदैन। मतलब कुनै प्रतक्ष प्रभाव नेपालमा दिल्ली चुनावको नतिजाले पार्नेछैन।
मैले लेखको सुरुवात नै कुनै प्रभाव नपर्नेबाट गरेँ। तर प्रतक्ष प्रभाप नपरे पनि यसबाट हामी प्रभावित हुनसक्नेछौँ यो चाहिँ सत्य हो। २०१३ को दिल्ली बिधानसभाको चुनावको नतिजा पछि नेपाली सञ्चार जगतमा एउटा पात्र खुब चर्चामा आए। ति थिए अर्विन्द केजरिवाल। यिनीबाट नेपालको राजनिति पनि प्रभावित हुनुपर्छ भनेर आलेख छापामा छापिए। नेपाली राजनितिका एकमात्र जिवित वुद्विमान नेता ठानिएका (?) बाबुराम भट्टराईले त उत्साहित हुदैँ अब नँया शक्ति बनाउँछु भनेर प्रचारवाजी नै मारे। २०१४ को लोकसभा चुनावसँगै यी पात्र नेपाली सञ्चारजगतबाट हठात हराए। बबुरामलाई त अब मतलब हुने कुरै भएन, बालुवा पेलेर तेल निकाल्ने महान अभियानमा जो समाहित छन्। आखिर को हुन् त यी अर्विन्द केजरिवाल? मोदी लहरमा लहरिदै गरेको भारतमा यसको वेगलाई थेग्न कताबाट आए यिनी?
४९ दिन दिल्लीमा मुख्यमन्त्री भएका केजरिवाल रनजनीतिज्ञ भन्दाबडी सामाजिक अभियान्ता हुन्। २००६को रामोन मागेसासे पुरस्कार पाएका केजरिवालले भारतमा ‘सुचनाको हक‘ संथापना गर्न महत्वपूर्ण योगदान गरेका थिए। यी तिनै पात्र हुन् जसको जोडबलमा २०१० मा अन्ना हजारेको लोकपाल आन्दोलन चलेको थियो। भलै उनले चाहेको जस्तो लोकपाल त आएन तर १० बर्षे काङ्ग्रेस सरकार नराम्ररी हल्लियो। १५ वर्ष देखिको शीला दिक्षितको एकल राज दिल्लीबाट ढल्यो। मध्ययम कदका यी हामी जस्तै सामान्य व्यक्ति लाग्छन्। कुनै पनि दृष्टीबाट नेता लाग्दैनन्। भष्ट्रचारको विरूद्व लड्दालड्दै यिनी नेता भए। २०१२मा अन्ना आन्दोलनका केही हस्तीहरूलाई समाहित गर्दै आम आदमी पार्टी (आप) बनाए। सबैलाई आश्चर्य पार्दै दिल्ली बिधानसभामा २८ सिट ल्याए।
आम आदमी पार्टीले परम्परागत राजनीतिलाई धक्का दिएको छ। यसमा आउँने हरेक चन्दा पारदर्शी हुन्छ। रोचक त के लाग्छ भने चुनावलाई लाग्ने निस्चित खर्च चन्दाबाट उठेपछि यसले चन्दा सँकलन बन्द गर्छ। इस पार्टीलाई चन्दा दिन सेतो पैसा हुनुपर्छ। पmौजदारी अभीयोग नलागेका मात्र यो पार्टीबाट चुनाव उठ्न पाउछन्। ८० % यस्तो अभियोगमा अदालत धाउने नेता भएको भारतमा यो नियम दुर्लभ हो। अनौठो के लाग्छ भने चुनावी घोषणपत्र ससाना सभाबाट उठेका मुद्धालाई समेटेर घोषण गरिन्छ। भनिन्छ ४९ दिने सरकारको समयमा ईतिहासका नै पहिलो पटक दिल्लीमा भष्ट्रचार शुन्यमा झरेको थियो। केजरिवालको जवर्जस्त प्रभावले गर्दा मोदीको भरमा ४ ओटा चुनाव लडेको भाजपाले मुख्यमन्त्रीको उमेद्वार घोषणा गर्नुपर्यो त्यो पनि आफ्नो पार्टीमा नेतै नभएर बाहिरबाट किरण बेदी।
हलको दिल्ली र हाम्रो अवस्था उस्तै छ। भष्ट्रचार राज्यका हरेक अंगमा छ। राजनीतिको अपराधीकरण भयो कि अपराधको राजनीनिकरण छुट्टाउँन मुस्किल छ। पर्टीहरु पारदर्शी छैनन्। पार्टीका युवा तथा बिद्मार्थी भातृसंगठन डन उत्पादन गर्ने कारखाना भएका छन्। सबै पार्टी सुधार्न नै नसक्ने गरी बिटुलिएका छन् बिग्रेका छन् । सुधार्न खोज्ने व्यक्ति की उपहासको पात्र बनाईन्छ कि राजनैतिक मूलप्रभाबाटै गायब । यस्तो अवस्थामा हाल रहेका पार्टीबाट देश समुन्नत बनाउँछु भन्नु कोरा कल्पना मात्र होला । हरेक कुरामा भारतीय फोटोकपी गर्ने हामी किन राजनीतिमा पनि सकारात्मक पाटोलाई फोटोकपि नगर्ने?