Tuesday, February 17, 2015

मेरो मित्रलाई सम्बोधन (कविता)

पहाडको टुप्पो चढेर
न मलाई आफू हुनुको
अस्तित्वमा शङ्खनाद गर्नुछ 
बरु मा यी खोचहरुमा नै रुमलिएर
ढिस्काहरु सम्माउदै
एउटा रातो गुलाफ फुलाउनुछ
म रहु नरहू
सुबाश दियोस् प्रेमको
एक साझ सराबीयर
तिमीले भन्यौ
म
घमण्डको पहाड चड्दा चड्दै
चिप्लिए
खोल्सामा कहिल्लै नउठ्ने गरेर
तर मेरो प्यारो मित्र
मैले सराबलाई कहिल्लै
लहडिएर अमृत भनिन
कसैको इशारामा
धपक्कै कालो औषीको रातमा
चन्द्रमा देखेको फुर्ति लगाईन
तिम्रो नपाईमा
अलिकति छोटो भएछु
मेरो प्यारो मित्र
मलाई पहाडको टुप्पो चढेर
आफ़ुहुनुको अस्तित्वमा शङ्खनाद गर्नुछैन

No comments:

Post a Comment