Saturday, April 18, 2015

काङ्ग्रेसः हिजाेअाज र नँया शक्ति

केशवचन्द्र बगाले
काङ्ग्रेसकाे शाब्दिक अर्थ सभा हुन्छ। अमेरिका लगाएत धेरै देशमा प्रतिनिधिसभालाई काङ्ग्रेस भनिन्छ। भारतको संविधान निर्माणताका पनि भारतीय लाेकसभालाई काङ्ग्रेस भन्ने कि भनेर बहश चलेकाे थियाे। अाफ्नाे पार्टीको नामै फेर्नुपर्ने स्थिति खाएपछि नेहरूले चलाखिपूर्ण रूपमा यस बहशलाई मन्थन पारे। वास्तवमा भारतीय काङ्ग्रेसको स्थापना एक राजनैतिक दलकाे रूपमा नभई स्वतन्त्रता संग्रामका तमाम बिचारधारामा अावद्धहरूकाे साझा सभास्थलका रूपमा भएकाे थियाे। समयसँगै एकएक गरि यि बिचारधारा काङ्ग्रेसबाट बाहिरिदैगए। यसकाे चर्चा अर्काे कुनै बल्गमा गराैँला। यसैबाट प्रभावित भएर नेपालमा राणाशाहीबाट मुक्तहुने अभिलाषाका साथ विपि काेईरालाहरूकाे नेतृत्वमा तत्कालीन प्रजा परिषदका नेता टङ्कप्रसाद अाचार्य (जाे काठमाडौंमा जेलमा थिए)लाई सभापति थापना राखेर २००३ सालमा भारतमा नेपाली राष्ट्रिय काङ्ग्रेसको स्थापना,  गरियाे। जुन पछि नेपाल प्रजातान्त्रवादी काङ्ग्रेससँग एकिकरण गरेर नेपाली काङ्ग्रेस ( नेका) बन्याे २००६ सालमा।
तत्कालीन नेकाकाे समकालीन समाजलाई हेर्ने अार्थिक, सामाजिक तथा राजनैतिक बिचारधारा प्रष्ट थिएन। अझ भनाैँ यसका संस्थापकलाई नेपालकाे सामाजिक संरचनाकाे बारेमा गहिराे ज्ञान थिएन। नेपालमा राणा शासन हटाएपछिकाे राजनैतिक संरचना कस्ताे हुनुपर्छ, कुन शासकीय स्वरूपमा देशलाई चलाउने लगाएत तमाम मुद्दा बहश हुनै बाँकी थियो। विपिहरूमा केही समय भारतीय क्रान्तिकारी संगठनमा काम गरेकाे छाप तथा लाेहिया जयप्रकाश सँगकाे संगतले गर्दा समाजवादी चेतना भएतापनि अन्य सदस्यमा त्याे ज्ञान थिएन। र पछि राणा शासन पतन पछि तिनीहरू दरबारसँग टासिन जानुकाे कारण त्यही हाे ।
नेकाले प्रजातान्त्रिक समाजवाद अाफ्नाे संस्थापनाकाे ८ वर्षपछि २०१२ सालमा विरगन्जमा महाधिवेशन पछि मात्र पार्टीकाे सिद्धान्तका रूपमा राखेकाे हाे जुन हाल खुल्ला अार्थिक नितिकाे चरम अवस्थासम्म पनि अाश्चर्यजनक रूपमा कायम छ। यही सिद्धान्तमा टेकेर २०१५ सालकाे पहिलाे अामनिर्वाचन नेकाले भारी बहुमतका साथ जित्यो। तत्कालिन चुनावकाे घाेषणापत्र पढ्ने हालका अाफूलाई काङ्ग्रेसको ठेकेदार ठान्ने नवपुस्ताले जिब्राे टाेक्न सक्छन्। तमाम अार्थिक, सामाजिक तथा सांस्कृतिक सुधारकाे परिकल्पना उक्त घाेषणापत्रमा थियाे जसकाे चर्चा हिजाेअाज गर्याे भने काङ्ग्रेसी नदेखिने खतरा रहन्छ।
विपि जनताका तमाम समस्यासँग निकट रहन चहान्थे। जबसम्म विपि जिवित रहे उनले अन्तर्वाता दिए। लेख लेखे । पुस्तक लेखे। समाजलाई बहशकाे बिषय दिए। दरवारिया र कथित कम्युनिस्टहरू केबल प्रतिक्रिया दिन्थे।"" अाजकाे अवस्था कस्ताे छ जगजाहेर छ। सुधारकाे लागि अनशन बस्ने मरेपनि हुने जस्ता अभिव्यत्ति दिन पनि पछि नपर्ने नेतृत्व छ। प्रतिक्रियावादीकाे दलदलमा भासिँदैछ सम्पूर्ण संगठन । थारूलाई महामन्त्री बनाउन सहाश राख्ने नेतृत्व अाज गुटगत राजनितिमा कता हरायाे काङ्ग्रेसी भन्नेले नै खाेजुन्।
समय परिवर्तनशिल हुन्छ। हुनुपनि पर्छ। समयसँगै चल्नुपनि पर्छ। तर समयसँग चल्ने नाममा सिद्धान्तलाई नै बिर्सने अवस्थाले पहिचानको संकट ल्याउँछ । ०४६ पछिकाे समय त्यसरी के परिवर्तन भयाे कुन्नि जसले अादर्श लाग्ने युवा नेताहरू भ्रष्टाचारकाे दलदलमा परिवर्तन भए। समयले पार्टीमा गुण्डाराज त चाहेकाे थिएन हाेला। कथित चुनावी व्यावहारिक राजनितिकाे नाममा गुण्डाराज गर्नु नेता हुनु हाे हिजाेअाज।
०४६ पछिका काङ्ग्रेसी सरकारकाे असफलताकाे परिणाम कथित माअाेवादी उत्पात देशले भाेग्नुपर्याे। जनजिविकाका तमाम मुद्धा माअाेवादीले कतिबेला अाफ्नाे बनाए काङ्ग्रेसीलाई पत्तै भएन। जनजिविकाका मुद्धा लिएर माअाेवादी उदय हुदाँ नेका संसद किनबेचकाे खेलमा मस्त निदायाे। जनता काङ्ग्रेसबाट टाढिए। परिणाम ०५६ मा दुईतिहाई भएकाे पार्टीले करिव ३५ सिटमा मात्र अाफूलाई सुरक्षित गर्नसक्याे ०६४मा । भलै अाज प्रथम शक्ति त छ तर अाफ्नाे प्रभावले भन्दा माअाेवादीकाे विफलताकाे लाभले गर्दा।
हिजाेअाज नँया शक्तिको परिकल्पना गरिदैछ। त्याे नँया शक्तिको राजनैतिक तथा बैचारिक खाँका प्रष्ट त भईसकेको छैन। तर त्याे नँया शक्ति प्रजातन्त्रवादीहरूबाटै जन्मने छ जुन नेकाकाे जनधार हाे ।
नेका अाफ्नै ईतिहासबाट धेरै टाढा भईसकेकाे छ। वामपन्थबाट दक्षिणपन्थकाे यात्रामा तिव्र  गतिले दैडिदैछ। सामान्य कलेज कमिटी देखि केन्द्रीय समिति कर्मकाण्डीय छ। यसमा जनताका सबालमा छलफल हुदैन। र भन्नै पर्नेहुन्छ जुन शक्ति जनताका जनजिविकालाई लिएर भन्दापनि केवल अान्तरिक राजनितिमा रूमलिन्छ अाखिर किन जनताले सधै सहयोग गर्नु पर्यो। भदौ महाधिवेशनमा प्रदिप गिरिहरूले जतिसुकै चिच्याएपनि केवल गुटगत चुनाव बाहेक केही हुनेछैन। के अब काङ्ग्रेसीकाे परिवर्तन सम्भव छ? म भन्छु छैन। जनताले अवश्य विकल्प खाेज्नेछन् ।

No comments:

Post a Comment